
काठमाडौँ, ८ चैत । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित फड्केश्वरका १ सय ३७ घरधुरिलाई लालपूर्जा वितरण गरिएको छ । आज (विहिवार) एक कार्यक्रममा प्रदेश नम्वर ३ का भूमिसुधार तथा कृषि मन्त्री दावा दोर्जे लामाले लालपूर्जा वितरण गरेका हुन् ।
मन्त्री लामाले छिट्टै कानुन बनाएर प्रदेश नम्वर ३ को भूमि व्यवस्थापन गरिने बताए । उनले अव प्रदेश नम्वर ३ मा कोही पनि सुकुम्वासी नरहने भन्दै त्यसका लागी तिव्रताका साथ काम भैरहेको बताए । देशमा राजनैतिक अस्थिरता सकिएर आर्थिक विकासको चरणमा प्रवेश गरेकाले सवैको सहयोगमा विकासको लहर सृजना गर्ने मन्त्री लामाको भनाई छ । लालपूर्जा पाएपछी स्थानिय वासिन्दा खुसीले दंग भएका थिए ।
पशुपतिनाथ मन्दिरको गुठीको नाममा रहेको जग्गामा लामो समयदेखी वसोवास गर्दै आएको स्थानियलाई जिल्ला भूमि अधिकार मन्च सिन्धुपाल्चोकको पहलमा लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा प्रदेश साँसद सरेश नेपाल,मेलम्ची नगरपालिकाका मेयर डम्मर वहादुर अर्याल लगाएतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया