२२ कार्तिक २०८३, आइतबार

पार्किङ गरिएको बसभित्रबाट सामान लुटपाट

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ८ चैत । भक्तपुर नगरपालिका–९ लिवालीस्थित सडकमा पार्किङ गरी राखिएको बसबाट सामान लुटपाट भएको छ ।

पार्किङ गरी राखिएको बा ५ ख २१ नम्बरको बसबाट १ थान ब्याट्री, १ थान २१ ईन्चको टिभी र १ थान क्यासेट गरी करीव ३५ हजार रुपैयाँ मुल्य बराबरको सामान बिहीबार बिहान लुटपाट भएको हो ।

उक्त बसका सहचालक रौतहट चन्द्रनिगाहपुर–२ का २३ वर्षीय विकाश तामाङ गाडीभित्र सुतेको अवस्थामा बसको झ्यालको सिसाबाट प्रवेश गरेका अपरीचित व्यक्तिहरुले सहचालकलाई ढुङगाले हान्छु भन्दै धम्की दिएर बसभित्रको सामान लुटेर फरार भएको प्रहरीले बताएको छ ।

लुटेराको खोजी गर्नुको साथै सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।