२२ कार्तिक २०८३, आइतबार

दाङमा बस दुर्घटना, परिचालकको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

घोराही, ८ चैत । दाङको घोराही उपमहानगरपालिका ३ मा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीजना यात्रु घाइते भएका छन् ।

बुधबार बेलुकी ७ बजे से १ ख १०१५ नम्बरको बस दुर्घटना हुँदा परिचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलाली घोडाघोडी नगरपालिका घर भएका ३० वर्षीय राजकुमार चौधरी रहेका छन् ।

गम्भिर घाइते भएका उनको उपचारको क्रममा लमही अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको सोही अस्पतालमै उपचार भइरहेको छ ।

उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।