३१ आश्विन २०८३, शनिबार

कोलोराडोमा नारी दिवसको भव्य कार्यक्रम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो । अमेरिकामा एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्पडेक्सको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बृहत अन्तरकृया तथा महिला सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष केशव पौड्यालको प्रमुख आतिथ्यतामा बु्रमफिलस्थित मिनी ईन्डिया रेष्टुरेन्टमा नारी सम्मान तथा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथी केशव पौडेलले पानसमा बत्ती बालेर उद्धाटन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुनिल शाह, उपाध्यक्ष तथा एनआरएन हेल्प डेक्स संयोजक उमा कार्की, महिला संयोजक ईन्दिरा त्रिपाठी, कृष्ण लोहनी, सल्लाहकार बुद्धी लामिछाने, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी, गन्यमान्य तथा सर्वसाधरणको काक्लो उपस्थितीमा रहेको थियो ।