काठमाडौँ, ७ चैत । लक्ष्मी बैंकले ‘लक्षित मुद्दती– रिकरिङ डिपोजिट’मा दिँदै आएको ब्याजदर बढाएको छ । बैंकले ब्याजदर बढाएर १० प्रतिशत पुर्याएको जानकारी दिएको छ ।
लक्ष्मी बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना हो । यो ‘लक्षित मुद्दती– रिकरिङ डिपोजिट’मा ग्राहकहरुले न्यूनतम रु ५०० देखि जम्मागर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछिको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुनेछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिनेछ ।
यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्पमध्ये एक विकल्पलाई छनौट गर्न पनि सक्ने बताइएको छ । साथै लक्षित मुद्दती खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । लक्ष्मी बैंकका नेपाल अधिराज्यभर रहेका ७८ शाखाहरुबाट यो खाता सहजै रुपमा खोल्न सकिनेछ ।















प्रतिक्रिया