२२ कार्तिक २०८३, आइतबार

भन्सार छलेर ल्याइएका ‘अण्डरवयर’ बरामद

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ७ चैत । भन्सार छलि गरी ल्याइएका कपडा प्रहरीले बरामत गरेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित जमुनिया घाटमा भन्सार छली गरी ल्याउँदै गरिएका करीव १ लाख ३६ हजार रुपैयाँ मुल्य बराबरको ३ कार्टुन ‘अण्डरवयर’ कपडा बुधबार प्रहरीले बरामद गरेको हो ।

३ वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ सामान ल्याउने व्यक्तिहरु सामान छोडी मोटरसाइकलमा भारततर्फ भागेपछि प्रहरीले उक्त सामान बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।