५ कार्तिक २०८३, बिहिबार

बालाजू अटोद्वारा उत्कृष्ट प्राविधिक प्रतियोगिता सञ्चालन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ चैत । अग्नि ग्रुप प्रा.लिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वक्र्स प्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । यस्तो प्रतियोगिता कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतका वर्षहरुमा पनि गर्दै आएको थियो र यो पनि त्यसैको निरन्तरता हो ।

प्रतिपयोगिता यही मार्च १५ र १६ तारिख २०१८ मा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिमको संयोजन सन्तोष पौडेलले गरेका थिए भने तालिम बलराम सत्यालले दिएका थिए ।

तालिममा सर्भिस म्यानवापरहरुलाई काम गर्ने तरिका, गुणस्तरियता, जस्ता प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । यो प्रतियोगिताको मुख्य ध्येय भनेको उपयुक्त प्रतिष्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ ।

प्रतियोगितामा एएम अटोमोबाइलस बल्खुका अष्ट नारायण महर्जन विजेता भए । पहिलो रनरपका रुपमा अनुपकुमार मिश्र, गणपुर अटोवक्र्स, नेपालगञ्ज र दोस्रो रनरअपका रुपमा मणिरामचौधरी, दक्षिणकाली इन्कर्पोरेटेड,धनगढी भए ।