२२ कार्तिक २०८३, आइतबार

अष्ट्रेलियाको सिड्नीस्थित खेम्स क्लिनिङ्को शाखा नेपालमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ चैत । सरसफाइको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल अष्ट्रेलियाको सिड्नीस्थित खेम्स क्लिनिङ्लाई नेपालमा भित्र्याइएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खेम्स क्लिनिङ् नेपालका प्रबन्ध निर्देशक विश्वास अधिकारीले अष्ट्रेलियन सिप र प्रविधिको प्रयोग गरी नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको सरसफाइको सेवा दिने प्रमुख उद्देश्यका साथ कम्पनीको फ्रेन्चाइज लिइएको बताए ।
उक्त कम्पनीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको एक महिना सरसफाइ गरेपछि निकै चर्चामा आएको थियो । त्यस लगत्तै कम्पनीले पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइको कार्य गरिरहेको छ । विगत एक दशकदेखि अष्ट्रेलियाको सिड्नीमा सरसफाइ कार्य गर्दै आएको कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालका विभिन्न सरकारी कार्यालय, विमानस्थल तथा अस्पतालहरुमा आफ्नो सेवा दिँदै आएको छ ।

‘कम्पनीले नेपालमा विभिन्न क्षेत्रमा काम गरेर गुणस्तर र सीप प्रमाणित गरिसकेको छ । अन्तर्राष्ट्रियस्तरको सरसफाइको सेवा नेपालमा पनि आवश्यक छ । त्यसैले हामीले विल्कुल नयाँ किसिमको स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले खेम्स क्लिनिङलाई नेपालमा ल्याएका हौ’, उनले भने । उनले कम्पनीले नेपालमा व्यवसायिक रुपमै काम सुरु गरिसकेको बताए ।

खेम्स क्लिनिङको नेपाल शाखामा अहिले करिब एकसय जनाले रोजगारी पाएका छन् । कम्पनीले शैक्षिक बेरोजगार तथा स्कूल÷कलेजका विद्यार्थीहरुलाई लक्षित गरेर आंशिक रोजगारी प्रदान गर्ने गरेको अधिकारीले बताए ।  कम्पनीले बजारमा रहेका अन्य कम्पनीभन्दा आफूहरु अलग रहेको प्रमाणित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा पशुपतिनाथ मन्दिरको सरसफाइले स्पष्ट पारेको बताए । आगामी एक वर्षभित्र एक हजार भन्दा बढी व्यक्तिलाई रोजगारी दिने लक्ष रहेको अधिकारीले बताए ।