२२ कार्तिक २०८३, आइतबार

जिपको ठक्करबाट एकजनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, ७ चैत । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा जिपको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । –रासस