
कपिलवस्तु, ७ चैत । जिल्ला वन कार्यालय कपिलवस्तुद्धारा वन डढेलो नियन्त्रण गर्न र्याली निकालिएको छ ।
वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह कार्यक्रम अन्तरगत बुधवार शिवराज नगरपालिका खरेन्द्रपुरदेखी चन्द्रौटासम्म सेक्टर वन कार्यालय चन्द्रौटा, सेक्टर वन कार्यालय जर्लैया, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति, शिवराज साझेदारी वन व्यवस्थापन समिति लगायतको संयुक्त सहयोगमा सो र्याली सम्पन्न भएको छ ।
डढेलोबाट वन जगंलको विनाश, जैविक विविधताको ह्रास, वातावरणीय विनाश तथा सामाजिक आर्थिक असरहरु पर्ने भएकाले सचेतको लागि र्याली गरिएको वरिष्ट वन अधिकृत महेन्द्र वाग्लेले बताए ।
कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारीहरुले वन डढेलो रोकौँ, वन डढेलो रोक्न सबै सक्रिय बनौँ, हरियो वन नेपालको धन लगायतका नारा लगाएका थिए । र्याली चन्द्रौटामा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै कपिलवस्तु वन व्यवस्थापन समितिका अध्यक्ष गगेशनाथ तिवारीले बनमा रहेका काठको मात्र संरक्षण नगरी अन्य जिवजन्तुको संमरक्षणको लागि भएपनि डढेलो रोक्नुपर्ने बताए ।












प्रतिक्रिया