
बागलुङ, ६ चैत । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ गँगरेमा आज बिहान बस दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् ।
घाइते सबैलाई उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि एक महिला बेपत्ता भएकी छिन् । उनको खोजी भैरहेको छ ।
बुटवलबाट १७ जना यात्रु राखेर बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४ ३९ नम्बरको बस मंगलबार बिहान ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल गँगरे खोलामा खसेको थियो ।












प्रतिक्रिया