१३ कार्तिक २०८३, शुक्रबार

मन्त्रीका आकांक्षी श्रेष्ठलाई थोरै मत ल्याएको आरोप लागेपछि ‘ब्याक’, मन्त्रीहरूका बीच घोँचपेच

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको फोरम नेपालमा मन्त्रीका आकांक्षीबीच घोचपेच सुरु भएको छ ।

गत शुक्रबार मन्त्रिपरिषद् तेस्रोपटक विस्तार भएको छ । सोही दिन फोरम नेपालको पनि सहभागिता हुने विश्वास गरिएको थियो । तर, मन्त्री हुने आकांक्षीबीच घोचपेच सुरु भएपछि नेतृत्वलाई निर्णय गर्न सकस परेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

फोरम नेपालमा परराष्ट्रमन्त्रीसहित पार्टीको नेतृत्व गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने विषयमा कुनै विवाद छैन । तर, दुईमध्ये अर्को मन्त्री को बन्ने भन्ने विषयमा विवाद छ । फोरम सरकारमा सहभागी नभएपछि एमाले सचिव प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बनाएका छन् ।

फोरमभित्र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, महासचिव रामसहाय यादव, सांसदद्वय मोहम्द इस्तियाक राई र प्रदीप यादव मन्त्री हुनुपर्ने ‘लबिइङ’मा छन् । फोरमले दुई मन्त्री र एक राज्यमन्त्री मात्रै पाउने तर आकांक्षी बढी भएपछि विवाद भएको हो ।

सहअध्यक्ष श्रेष्ठलाई रोक्दै उपाध्यक्ष यादव आफैं मन्त्री बन्न खोजेकी छन् । यादवसहितका नेताले श्रेष्ठलाई निर्वाचनमा थोरै मत मात्रै ल्याई कमजोर बनाउन खोजेको भन्दै बढी सांसद एवं मत आउने जिल्लाबाट मन्त्री बनाउनुपर्ने दबाब दिँदै आएका छन् ।

फोरमभित्रैका नेताले श्रेष्ठलाई यस्तो आरोप लगाउँदै दबाब दिएपछि श्रेष्ठ ‘ब्याक’ हुने अवस्थामा पुगेका छन् । फोरम अध्यक्ष यादव पार्टीभित्र भूगोल एवं समुदाय समेट्दै मन्त्री बनाउनुपर्ने पक्षमा रहँदै आएका छन् ।यस्तो अवस्थामा उपाध्यक्ष रेणु, महासचिव यादव वा इस्तियाकमध्ये एक जनालाई मन्त्री बन्ने सक्ने चर्चा पार्टीमा रहेको छ ।