काठमाडौँ, १ पुस । हिमालय उर्जा विकास कम्पनी लि. प्रर्वद्धक रहेको १२ मेगावाट उत्पादन क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजना निर्माणका लागि पुँजी जुटेको छ ।
दोलखा जिल्लाको श्यामा गाविस र रामेछाप जिल्लाको चुचुरे गाविसको सिमा भएर बग्ने खिम्ती खोलामा निमार्ण गरिने आयोजनाका सम्पूर्ण भौतिक संसचनाहरु चुचुरे गाविसको वडा नं १ मा रहने हिमालय उर्जा विकास कम्पनीले जानकारी दिएको छ ।
नविल बैंकको नेतृत्वमा चार वटा बैंकले सह–वित्तीयकरण मार्फत आयोजनामा १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता यही मंसिर २३ गते सम्पन्न भएको हो। सो सम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र नविल बैंकका प्रोजेक्ट फाइनान्सिङ म्यानेजर यज्ञप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सो आयोजनामा नविल बैंकले ४५ करोड, नेपाल बैंकले ४० करोड, एभरेष्ट बैंकले ४० करोड एस डेभलपमेन्ट बैंकले १८ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ ।
१२ मेवा क्षमताको यस आयोजनाको कूल लगानी १ अर्ब ९१ करोड ४० लाख रुपैयाँ लगानी छ । यस आयोजनामा ७५ प्रतिशत बैक ऋण लगनी र २५ ईक्विटी लागानी रहने छ ।
यसरी कुल आयोजना लागतकोे २५ प्रतिशत अर्थात ४७ करोड ८५ लाख इक्वीटी (स्वपुँजी) को ६५ संस्थापक अर्थात् ३१ करोड १० लाख संस्थापक सेयरधनीबाट र बाँकी ३५ प्रतिशतट अर्थत् १६ करोड ७५ लाख रुपैयाँ सर्बसाभारण बाट उठाइने छ । जसको १० प्रसितशत अर्थात् ६ करोड ७ लाख ७५ हजार स्थानीय जनताबाट उठाईने लक्ष रहेको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ३० किमी लामो रामेछाप–खिम्ती–गर्जाङ १ सय ३२ केभी विद्युत प्रसारणनको गर्जाङ सबस्टेसनमा विद्युत् प्रवाह गर्नेगरी कनेक्सन एग्रिमेन्ट भए अनुसार यस आयोजनाबट उत्पादीत पावर हाउसबाट गर्जाङ सब स्टेसन सम्म करिब ३.५ किमी १३२ केभी प्रसारण लाईन निर्माण गरिने छ ।
यो आयोजना २०७४ सालकार्तिक ३० गते भित्र निर्माण सम्पन्नगर्ने कम्पनीको लक्ष रहेको छ । २०६७ माघ ९ गते नेपाल विद्यत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको यस आयोजनाको विद्युत् उत्पपादन अनुमती पत्र नेपाल सरकार उर्जामन्त्रलय विद्युत् विकास विभागबाट २०६९ पुस ३ गते पाएको थियो ।
स्थानीय स्तरमा आयोजनाको लागि आवस्यक भौतिक पुर्वाधार गोदाम घर, क्याम्प हाउस, कन्ट्रक्सन पावर, बाटो निर्माणकार्य सूरु गरिसकेको यस आयोजनाको सिभील निर्माण कार्य करिब २।५ बर्ष भत्रिमा सम्पन्न गर्ने लक्ष कम्पनीले लिईएको छ ।
अपर खिम्ती– ७ मेवाको वित्तीय व्यवस्थापन पनि छिट्टै
हिमालय उर्जा विकास कम्पनीले नै निर्माण गर्न लागेको अर्को आयोजना अपर खिम्ती ७ मेगावाटको वित्तीय व्यवस्थापन पनि चाँडै हुन लागेको छ । ‘उपल्लो खिम्तीमा लगानी गर्ने बैंकहरुले नै अपर खिम्ती ७ मेवामा पनि लगानी गर्ने सैद्धान्तिक सहमती गरेका छन् । कुल लगानी करिब १ अर्ब १९ करोड लाग्ने यस आयोजनामा करिब ८९ करोड २५ लाख रुपैया लगानी गर्ने सैद्धान्तिक सहमति भइसहेको छ ।
करिब ७५ प्रतिशत अर्थात् ८९ कारोड २५ लाख बैक ऋण रहने यस आयोजनाको कुल लागतको २५ प्रतिशत अर्थात् २९ करोड ७५ लाख रुपैयाँ ईक्विटीबाट जुटाईने छ । यस आयोजनामा पनि ईक्विटी लगानीको ६५ प्रतशित अर्थात् १९ करोड ३३ लाख संस्थापक शेयरधनीहरुबाट र बाँकि ३५ प्रतिशत अर्थात् १० करोड ४१ लख सर्बसाधारण शेयरधनीहरुबाट उठाईने लक्ष छ ।
सर्बसाधारणका लागि छुट्याईएको १० करोड ४१ ललाखको १० प्रतिशत् अर्थात् १ करोड ४ लाख स्थानीय बासीहरुको लागि आरक्षण गरिएको छ ।
उपल्लो खिम्ती १२ मेवाको पावरहाउसबाट निस्कने पानीलाई उपयोग गरेर बनाईने यस आयोजनाको सम्पुर्ण भौतिक संरचना रामेछाप जिल्लाको चुचुरे गा।वि।स। वडा नं। १ र २ मा पर्दछन् ।
मिति २०६९ चैत्र ९ गते नेविप्रा र कम्पनीका विचमा विद्युत् खरिद सम्झौता सम्पन्न भएको यस आयोजनाको विद्युत् उत्पादन अनुमती पत्र प्राप्त गर्ने अन्तिम चरणमा रहेको छ । यस आयोजनाको निर्माण २०७१ म्ंसिर मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष कम्पनीले लिएको छ ।













प्रतिक्रिया