– बेलिना थापा
लमजुङ, चैत्र ५ । लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको युनिभर्सल एकेडेमी विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई अभिमूखिकरण प्रदान गरेको छ । विद्यालयले विद्यार्थीसँगै अभिभावकलाई अभिमूखिकरणको आवश्यता रहेको भन्दै सोमबार कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक बिपी रेग्मीले घरमा आफ्ना छोराछोरीलाई कस्ता व्यवहार गर्ने, विद्यालयसँगै घरमा रहेर पठनपाठनमा कसरी चलाख बनाउन सकिने, राम्रो बानीको विकास कसरी गर्ने र आफ्ना छोराछोरीलाई कसरी उत्कृष्ट बनाउने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
अभिमूखिकरण कार्यक्रम पहिलो चरणमा नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीका अभिभावकलाई दिइएको थियो भने दोस्रो चरणमा ५ कक्षा देखी १० सम्मका विद्यार्थीका अभिभावकहरुलाई दिइएको थियो । कार्यक्रमलाई संबोधन गर्दै बेंसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले विद्यार्थी सँगसँगै अभिभावकलाई पनि तालिमको आवश्यता रहेकोमा विद्यालयले कार्यक्रम गर्नु राम्रो रहेको बताए । उनले समाज परिवर्तन विद्यार्थीबाट हुने भएकाले विद्यार्थीका अभिभावकले यसलाई ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ, बेंसीशहर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष गोबिन्द बस्नेतलगायतले मन्तब्य व्यक्त गर्दै अभिभावकका लागि राखिएको अभिमुखिकरण कार्यक्रम समय-समयमा संचालन गरिनुपर्ने भन्दै यस्ता कार्यक्रमले अभिभावकलाई थप जिम्मेवार बन्ने बताएका छन् ।
कार्यक्रममा सहभागि भएका अभिभावकहरुले आफ्ना छोराछोरीलाई उत्कृष्ट बनाउनका लागि सक्दो प्रयास गर्ने बताएका छन् । उनीहरुले आफुले गर्ने व्यवहारमा समेत परिवर्तन गर्ने बताएका छन् । विद्यालय संचालक समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिमल अधिकारीले विद्यालयको आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।












प्रतिक्रिया