२९ आश्विन २०८३, बिहिबार

अमेरिकी डलरको भाउ १ सय १ रुपैयाँ भन्दा महंगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollarकाठमाडौँ, १ पुस । अमेरिकी डलर महंगिएको छ । डलर मंगलबार एक रुपैयाँले महंगिएर १ सय १ रुपैयाँ ०१ पैसा भएको हो ।

आइतबार र सोमबार ९९ रुपैयाँ ९७ पैसा थियो ।  मंगलबारका लागि नेपाल राष्ट्र बैंकले डलरको खरिद मूल्य १ सय १ रुपैयाँ ४ पैसा तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले मंगलबारका लागि प्रतिडलरको भाउ १ सय १ रुपैयाँ ७० पैसा तोकेका छन । नविल बैंकले भने १ सय १ रुपैयाँ ६५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले तोकेको विनिमय दरमा केही मार्जिन राखेर वाणिज्य बैंकहरुले छुट्टै मुल्य तोक्छन । भारतीय अर्थतन्त्र कमजोर भएकाले त्यसको प्रभाव नेपाली रुपैयाँमा परेको विज्ञहरुको भनाई छ ।