२२ कार्तिक २०८३, आइतबार

पोखरीमा डुबेर एकजना वृद्ध बेपत्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ५ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा सोमबार दिउँसो एकजना वृद्ध डुबेर बेपत्ता भएका छन् ।

राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताउनुभयो ।

यता बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी अहिले खोजीमा कार्यमा जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । –रासस