२२ कार्तिक २०८३, आइतबार

आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ४ चैत । धनुषामा आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या भएको छ ।

कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । –रासस