५ कार्तिक २०८३, बिहिबार

शेयरधनीलाई नेपाल लाइफको बम्पर प्रतिफल

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २८.५३ प्रतिशत नगद लाभांश र ४२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले बम्पर प्रतिफल घोषणा रुपमा सेयरधनीलाई बोनस दिन लागेको हो ।

चैत १३ गतेभित्र सेयर किन्ने सेयरधनीहरुले यो बोनस पाउनेछन् । सो मितिभन्दा अगाडि कायम रहेका सेयरधनीले नगद लाभांश र बोनस सेयर प्राप्त गर्नेछन् । नेपाल लाइफ जीबन बीमा कम्पनीमध्ये अग्रणी कम्पनी हो । कम्पनीको बार्षिक साधारणसभा चैत २८ गते बिरगन्जमा हुने बताइएको छ । चैत १४ देखि साधारणसभाको समय सम्म सेयर दाखिलाको काम बन्द हुने कम्पनीले जनाएको छ ।