
काठमाडौँ, ४ चैत । सिन्धुपाल्चोक कारागारबाट भागेका कैदी मान लामा पक्राउ परेका छन् ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको दिन सिन्धुपाल्चोक कारागार भत्किएपछि फरार रहेका लामालाई आइतबार काठमाडौँको मुलपानीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो । उनीलाई आइतबारै सिन्धुपाल्चोक कारागारमा पठाइएको छ ।
भूकम्पका दिन सिन्धुपाल्चोक कारागारबाट फरार रहेका २ सय १२ जना कैदी तथा थुनुवाहरुमध्ये उनी पनि एक थिए । कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद भुक्तान गरिरहेका ६१ बर्षीय लामा सिन्धुपाल्चोकको भोताङ्गका हुन् । कारागारबाट भागेपछि उनी काठमाडौँको मुलपानीमा डेरा लिएर लुकीछिपी बस्दै आएका थिए ।












प्रतिक्रिया