२९ आश्विन २०८३, बिहिबार

चितवनमा तेह्र करोडको लगानीमा शीतभण्डार निर्माण सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ पुस । पश्चिम चितवनको चनौलीमा रु १३ करोडको लगानीमा खाद्यान्न तथा तरकारीको शीतभण्डार निर्माण सुरु भएको छ ।

चितवन चनौली शीतभण्डार सहकारी संस्थाले निर्माण सुरु गरेको उक्त शीतभण्डारको क्षमता दुई हजार २०० मेट्रिक टन राख्न सकिने सहकारीका अध्यक्ष तीर्थराज रेग्मीले बताउनुभयो ।

कृषकले उत्पादन गरेको खाद्य सामग्री संरक्षण र भण्डारण गरी उचित मूल्य प्रदान गर्नका लागि भण्डार निर्माण गर्न थालिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । नेपाल सरकारको ५० प्रतिशत अनुदानमा शीतभण्डार निर्माण थालिएको हो । मध्यक्षेत्रका २३ जिल्ला समेट्ने शीतभण्डारमा सर्वसाधारणका लागि समेत सेयर खुला गरिएको छ ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष नारायण कोइरालाले शीतभण्डार किसानले उत्पादन गरेको कृषि सामग्री संरक्षण गरी उचित मूल्यमा बिक्रीका लागि माध्यम बन्ने बताउनुभयो ।

कृषि कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले उत्पादनका बेला १० रुपैयाँ पर्ने खाद्यसामग्री शीतभण्डारमा राखेर पछि बेच्दा प्रतिकिलो ३०, ४० रुपैयाँसम्म लिन सकिने भएकाले कृषकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।