
काठमाडौँ, ४ चैत । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, बालाजुमा विद्यार्थीबीच ग्याङ फाइट भएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीलेस्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याललाई पक्राउ गरेको छ ।
उनीहरुले आफूले चिनेको एक जना भाइलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट अंग्रेजी विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई कुटपिट गरेका थिए ।
घाइते एक जना विद्यार्थीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत, बालाजुले जनाएको छ ।












प्रतिक्रिया