२२ कार्तिक २०८३, आइतबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, ३ चैत । काभ्रेपलाञ्चोकको बनेपामा शनिबार दिउँसो बनेपा–पनौती सडकखण्डमा मोटरसाइकल र मिनीबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा २ ख ५६७५ नंको मिनीबसले विपरीत दिशाबाट आएको बा ७२ प ४७८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप जिल्ला चिसापानी–४ का बालकृष्ण श्रेष्ठको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरीका अनुसार गाडी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ भने चालक बनेपा इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको जनाएको छ । –रासस