
काठमाडौँ, ३ चैत । आइतबार (भोली) हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि २ जनाको उम्मेदवारी परेको छ ।
वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले (राना) को उम्मेदवारी दर्ता भएको हो ।
दाहाल प्रदेश–२ को महिला कोटाबाट र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । राष्ट्रियसभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वा्चित भइसकेका छन् ।












प्रतिक्रिया