काठमाडौं, ३ चैत । रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए ।
पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे । उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो । शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन् ।












प्रतिक्रिया