१३ कार्तिक २०८३, शुक्रबार

नेम्वाङको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् ।

पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘बरु तपाईं नै कानुनमन्त्री बन्नुस्, पोर्टफोलियो मिलाउँला,’ प्रधानमन्त्री–नेम्वाङ संवाद उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘त्यसपछि उहाँ बालुवाटारबाट बाहिरिनुभयो ।’

भेटमा नेम्वाङले ‘मेरो एकजनालाई मन्त्री बनाउनुप-यो’ भनेर आग्रह गरेलगत्तै प्रधानमन्त्रीले नाम बताउन भनेका थिए ।

तर, नेम्वाङको प्रस्ताव सुन्नेबित्तिकै अस्वीकार गरेका प्रधानमन्त्रीले उनैलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । बालुवाटारबाट फर्किएलगत्तै नेम्वाङले निकटस्थहरूसँग आफू कानुनमन्त्री बन्न लागेको प्रचार शतप्रतिशत झुटो भएको दाबी गरेका थिए ।