रोल्पा, २ चैत । सेवा दिएवापतको कमिशन भन्दै रोल्पाको रुन्टिगढी गाउँपालिकाका लेखापाल गोपाल पोख्रेलले सेवाग्राहीबाट रकम माग्न थालेको सेवाग्राहीले बताएका छन् । सुरक्षा निकायको गाडी मर्मतका लागि गरिएको भुक्तानीका बेला समेत कमिशन मागेको श्रोतले बताएको छ ।
गाउँपालिका अन्तर्गत गरिएका कामको भुक्तानी दिँदा कमिशन वापत भन्दै रकम मागेको स्थानीय निर्माण उपभोक्ता समितिका एक जनाले बताएका छन । अन्य उपभोक्ता समितिका अध्यक्षको गुुनासो पनि यस्तै छ ।
यसैगरि गाउँपालिका अन्तर्गत सन्चालित विभिन्न कार्यक्रम तर्फको वास्तविक खर्च अनुरुप पेश्कि पर्छयौट गर्न अनुरोध गर्दासमेत बिल बढाएर ल्याउन भन्दै कर्मचारीहरुलाई दबाब दिएको बताइएको छ । विभिन्न निर्माण कार्यको प्राविधिक मुुल्यांक भैसक्दासमेत गलत नियतले फाइलहरु रोकेर राखिदिने गरेका उपभोक्ता समितिले बताए ।












प्रतिक्रिया