
काठमाडौँ, २ चैत । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट गाभ्ने क्रममा भएको घोटालाका विषयमा नेपाल राष्ट्र बैंकले मुख खोलेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले मर्जरका क्रममा गम्भीर कैफियत देखिएकाले सिआइबीलाई सूचना दिनु परेको बताएका छन् ।
उनका अनुसार एपेक्सले कर्जा प्रवाह व्यावसायिक सुशासनमा गम्भीर गल्ती गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन परेको हो । यो प्रकरण प्रहरीकोमा पुगेकाले केन्द्रीय बैंकले थप केही भन्न नसक्ने उनको भनाइ छ ।
प्रवक्ता पौडेलकाअनुसार सरकारवादी मुद्दा भएकाले यसको अनुसन्धान र कारबाही सोहीअनुसार हुनेछ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कृषि विकास बैंक स्वयम्भू र नयाँसडक शाखामा कर्मचारीबाट भएको हिनामिनामा पनि अनुसन्धान गरी कारबाही गरेको थियो । पछिल्लो दिनमा ब्यूरोले आर्थिक अपराधका अलावा अन्य अपराधमा समेत आफ्नो क्षमता देखाउँदै आएको छ ।















प्रतिक्रिया