२९ आश्विन २०८३, बिहिबार

इन्डोनेसियामा पहिरोबाट ३९ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indonesia-mapइन्डोनेसिया, २९ मंसिर । इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा पहिरो गएको आज तेस्रो दिनमा मर्ने व्यक्तिको सङ्ख्या ३९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अबिरल वर्षापछि गत शुक्रबार अबेर राति गएको पहिरोमा परी ३९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ हराइरहेका राष्ट्रिय प्रकोप व्यवस्थान निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताए ।

नुङ्रोहोका अनुसार पहाडी  क्षेत्रमा  पर्ने यस इलाकामा गएको यस पहिरोमा परी ३९ व्यक्तिको मृत्यु हुनुका साथै अन्य  ६९ जना अझै बेपत्ता रहेका छन् ।

यस प्रकोपको क्रममा १५ जना व्यक्तिहरु गम्भीर घाइते भएका र ती मध्ये अन्य ११ जना अवस्था गम्भीर रहेको र पहिरो प्रभावित यस क्षेत्रबाट ५७७ व्यक्तिलाई अस्थाई शरणार्थी स्थलमा विस्थापित गरिएको आइतबार नै  बताइएको थियो  ।

एक हजार भन्दा बढीको सङ्ख्यामा रहेका सैनिक, प्रहरी, स्थानीय र उद्धार अधिकारीहरुको सहयोगमा जारी यस उद्धारकार्यमा कयौं व्यक्तिहरुलाई उद्धार गरिएको अझै पनि उद्धारकार्य जारी  रहेको बताइएको छ ।