
काठमाडौं, १ चैत । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायक स्थित आर एन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।
बिहीबारदेखि प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ । सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञासाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदान गर्ने नयाँनयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले यहाँबाट सहजै प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका थिए । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्य नै यस सेन्टरको रहेको कुरा जोशीले उद्घाटन कार्यक्रममा उल्लेख गरे ।
यस अघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतलीसडकमा पनि आफ्नो सेन्टरको स्थापना गरि सकेको छ भने आगामी दिनमा पोखरामा सेन्टर स्थापना गर्नेेछ । यसैगरी भने नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ ।















प्रतिक्रिया