सुनसरी, १ चैत । नेपाली नोटको फोटोकपी गरी ठगी गर्ने धरान उपमहानगरपालिका–७ का २८ बर्षीय मिनकुमार राईसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँमा रिपेश शाक्यले संचालन गरेको डिजिटल फोटो स्टुडियोमा १ हजार दरको नेपाली नोट फोटो कपी गरी सर्बसाधारण ठगी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार फोटोकपी मेशिन र १ हजार दरको फोटो कपी गरेको ४ थान नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।












प्रतिक्रिया