
काठमाडौँ, १ चैत । युएस बंगला एयरलाइन्सले काठमाडौं–ढाका उडान बन्द गरेको छ । विमान अभावका कारण उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ ।
गएको सोमबार अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको जहाज दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो । नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं–ढाका उडान बन्द गरिएको हो ।
उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको हो । बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताएका छन् ।
तर यस बारेमा त्रिभुवन विमानस्थललाई भने कुनै जानकारी गराइएको छैन । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उडान बन्द गर्ने बारेमा अहिलेसम्म् कुनै जानकारी आएको छैन ।















प्रतिक्रिया