२२ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर एकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १ चैत । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा करेन्ट लागेर बुधबार एकजनाको ज्यान गएको छ ।

वडा नं ६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षीय कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले बताउनुभयो ।

घर नजिकै कुटमेराको घाँस काट्ने क्रममा हाइटेन्सन लाइनले करेन्ट लागेर उनको मृत्यु भएको हो । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ । –रासस