१३ कार्तिक २०८३, शुक्रबार

आतंककारी क्रियाकलाप सैह्य छैन, भ्रम छर्ने दिन गए: ओली

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘संविधान समयको मागअनुसार संशोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजबुद र एकताबद्ध पार्न संशोधन हुन्छ ।’

आतंककारी क्रियाकलाप सैह्य छैन

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताए । ‘अप्राकृतिक, असामाजिक तत्वहरूले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छ,’ ओलीले भने, ‘सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्छ ।’

भ्रम छर्ने दिन गए

प्रधानमन्त्री ओलीले केही तत्वले सरकार बलियो हुँदा लोकतन्त्र नरहने, सरकार अनुशासित भयो भने तानाशाह हुने, कानुनको राज भयो भने निरंकुशता हुने, लोकतन्त्र नरहनेजस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको आरोप पनि लगाए ।

‘यस्ता भ्रममा पर्नुहुँदैन,’ उनले भने, ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो, भ्रम के हो आफैँ छुट्याउन सक्छन् ।’