२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टर दुर्घटनामा परी दुईको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ३० फागुन । बुधबार दिउँसो रोल्पामा भएको ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा १ त ३३६३ नं को ट्रयाक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको थियो । दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ । –रासस