२२ कार्तिक २०८३, आइतबार

उच्च अदालत सुर्खेतद्वारा सल्यानका अदालत र कारागारको अनुगमन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, ३० फागुन । उच्च अदालत सुर्खेतबाट आएको एक टोलीले जिल्लाको अदालत र कारागारको अनुगमन गरेको छ । उच्च अदालत सुर्खेतका मुख्यन्यायाधिश हरि कुमार पौडेलको नेतृत्वमा आएको टोलीले जिल्लाको वार्षिक कार्यक्रमअन्तर्गत ति कार्यालयको कार्ययोजनाको नियमित निरिक्षण गरेको हो ।

मख्य न्यायाधीश पौडेलले कारागारको अवस्था तथा कैदी बन्दीहरुका लागी कानुनमा रहेको व्यवस्था पालना भए/नभएको बारे अनुगमन गरिएको बताए । जिल्ला अदालतमा आउने सेवाग्राही तथा कारागारमा रहेका गरिब असहाय कैदी बन्दीहरुले निशुल्क रुपमा कानुनी सहयोग पाउने व्यवस्था रहेको हुँदा सोको बारेमा समेत जानकारी लिईएको मख्य न्यायाधिश पौडेलले बताए ।

अनुगमनका क्रममा सेवा प्रदायक कार्यालयबाट गम्भीर प्रकृतिका गल्ती भएको भए त्यो कुराको पनि निगरानी गर्न सहज हुने र चालु मुद्दामा कार्यालयले नियमित रुपमा दिँदै आएको काम कारबाहीको अवस्था, आदेश कार्यान्वयन भए/नभएको लगायतका विषयमा समेत जानकारी राखिने उनले बताए ।

यस्तै जिल्लामा रहेको अदालत र कारागारले दिँदै आएको सेवा प्रवाह सही ढंगले भए/नभएकोलगायतका विषयमा समेत निरिक्षण गरिएको टोलीमा सम्लग्न उच्च अदालतका रजिष्टार जितेन्द्र बाबु थपलियाले बताए । उच्च अदालत सुर्खेतबाट आएको टोलीले जिल्लामा अनुगमनका क्रममा भेटिएका विषयहरुको प्रतिवेदन तैयार पार्ने बताइएको छ ।