झापा, २९ मंसिर । सौर्य एयरलाइन्सले यही डिसेम्बर १८ तारिक अर्थात् पुस ३ गतेदेखि झापाको भद्रपुर विमानस्थलबाट आफ्नो नियमित हवाई सेवा सुरु गर्ने भएको छ ।
नेपालमै पहिलोपटक सौर्य एयरलाइन्सले भित्र्याएको सिआरजेट २०० इन्जिन नामक ५४ सिटे विमानबाट भद्रपुरमा दैनिक उडान सेवा सुरु गर्न लागेको हो ।
पहिलो चरणका लागि सौर्य एयरलान्इसले काठमाडौं–भद्रपुर–काठमाडाँैका लागि दैनिक एउटा विमानबाट आफ्नो सेवा सुरु गर्न लागेको बताइएको छ ।
यसअघि यस एयरलाइन्सले काठमाडौँदेखि विराटनगर र भैरहवामा आफ्नो सेवा सुरु गरिसकेको छ, भने भद्रपुरपछि नेपालगन्ज र धनगढीमा आफ्नो सेवा सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।
शनिबार विराटनगर-भद्रपुुर विमानस्थलमा पहिलोपटक सौर्य एयरलाइन्सले आफ्नो नयाँ विमान परीक्षणका लागि अवतरण गरेको थियो ।
अवतरण सफल भएपछि खुसी व्यक्त गर्दै पत्रकारसमक्ष सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले उक्त जानकारी गराउनुभएको थियो ।
सौर्य एयरलाइन्सले दुईवटा विमानबाट आफ्नो पहिलो हवाई सेवा विराटनगरबाट सुरुवात गरेको बताउँदै तेस्रो विमान भद्रपुरमा अवतरण गर्न लागेको हो ।
अध्यक्ष पोखरेलले भन्नुभयो, “आफू पनि भद्रपुरवासी भएकाले भद्रपुरमा केही दिनका लागि एउटा विमानबाट सेवा दिँदै आए पनि चाँडै दैनिक दुईवटा विमान सञ्चालनमा ल्याउने आफ्नो सोच रहेको बताउनुभयो ।
















प्रतिक्रिया