१३ कार्तिक २०८३, शुक्रबार

सभामुख, अध्यक्ष र सांसदहरूको तलव भत्ता कति ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । संघीय संसदको बैठक सुरु भएको एक साता बितेको छ । संसदका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो ।

सविधानको धारा २९६ को उपधारा (१) बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, विपक्षी दलको सचेतक र सभापति रहने प्रावधान छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सभामुख र अध्यक्षले पारिश्रमिक बापत मासिक ६७ हजार ३ सय २०, आवास सुविधाबापत मासिक २८ हजार २ सय ७५ रुपैयाँ पाउनेछन् ।

प्रतिनिधिसभामा विपक्षी दलका नेता, उपसभामुख र उपाध्यक्ष, राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता र मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिले मासिक पारिश्रमिक ६० हजार ९ सय ७०, आवासबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् ।

दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकले मासिक ५७ हजार ७ सय ८० र आवास सुविधाबापत मासिक २४ हजार २ सय ६८ रुपैयाँ पाउनेछन् ।