नेदरल्याण्ड । नेदरल्याण्डमा बसोबास गर्दै आएका नेपाली महिलाहरूले महिला फोरम गठन गरेका छन् ।
१०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मार्च ११ २०१८ का दिन एम्स्टर्डममा महिला दिवस मनाउँदै महिला फोरम समेत गठन गरेका हुन् । फोरमको उपसंयोजकमा राधा शर्मा कंडेल सर्बसम्मत भएकी छन् ।
एनआरएनए नेदेरलान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्माको प्रमुख आतिथ्य तथा एनआरएनए नेदेरलान्ड्सका महिला संयोजक श्रीमती अर्चना पाण्डे निरौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न बक्ताहरुले महिलाका विषयमा आआफना भनाइहरु राखेका थिए । एनआरएनए नेदेरलान्ड्सका सचिव शान्ति थोकरले कार्यक्रम संचालन गरेका थिए ।















प्रतिक्रिया