
काठमाडौँ, २९ फागुन । काठमाडौंको एक रेस्टुरेन्टबाट पाँच किलो चरेससहित दुईजना पक्राउ परेका छन् ।
लाजिम्पाटको होटल द इम्पिरियल क्याफे एण्ड रेस्टुरेन्टबाट रोल्पा तालावाङ ५ का विजय घर्ती मगर र म्याग्दी बाबायाचौर ४ का सुमन रोक्का मगर पक्राउ परेका छन् ।
उनीहरूलाई मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आरधामा पक्राउ गरेको हो । उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया