२२ कार्तिक २०८३, आइतबार

ग्यास बुलेट त्रिशूलीमा खस्दा चालकको मृत्यु

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २९ फागुन । मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट सोमबार राति त्रिशूली नदीमा खस्दा भारतीय चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ । –रासस