२२ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद बैठक छाडेर बिमानस्थल पुगे प्रधानमन्त्री ओली (जहाज दुर्घटना अपडेट)

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन बिमानस्थलमा पुगे।

यूएस बंगला जहाज दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली आकस्मिक रुपमा त्रिभुवन बिमानस्थल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका थिए । तर, बिमान दुर्घटनाका कारण प्रधानमन्त्री र मन्त्रीहरु व्यस्त भएका कारण मन्त्रिपरिषद् बैठक केही ढिला सुरु भयो । बिमानस्थलबाट फर्के लगत्तै ओलीले दुर्घटनाको छानबिनका लागि आयोग बनाउने निर्णय समेत गरेका छन् । यसैगरी, दुर्घटनामा घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।