२२ कार्तिक २०८३, आइतबार

लागूऔषध गाँजासहित पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ फागुन । कास्की पोखरा महानगरपालिका–३ बस्ने २० वर्षीय सुमित सिल्पकार र २३ वर्षीय पवनमणी लामिछानेलाई करीब १५ केजी लागूऔषध गाँजा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारमा खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको उनीहरु सवार ग.६ प ९४३१ नम्बरको मोटरसाइकल र ना.५४ प ६४५ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै सपतरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहा बस्ने २० वर्षीय अजय चौधरी र २० वर्षीय एकलाटी चौधरीलाई जबरजस्ती करणीको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

अजय, एकलाटी लगायत ५ जनाले सोही ठाउँ बस्ने १८ वर्षीया महिलालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको खुल्न आएको छ । जबरजस्ती करणी गर्ने अन्य ३ जना फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।