२२ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा अध्यक्षमा काँग्रेसले किन दिएन उम्मेदवारी ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिएको छैन ।

प्रतिनिधिसभको सभामुख पदमा माओवादी उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गरेको कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी दिएको छैन ।

पदीय गरिमा राख्ने व्यक्ति वाम गठबन्धनले चयन गरेको बताउँदै कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिएको दाबी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदको शक्ति सन्तुलनलाई हेर्दासमेत राष्ट्रियसभामा उम्मेदवारी दिन आवश्यक नदेखिएको बताएका छन् । राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरुको सभा भएकाले त्यसमा मत विभाजन नगर्ने निष्कर्षमा कांग्रेस पुगेको प्रवक्ता शर्माले बताए ।

राष्ट्रियसभाको अध्यक्षमा वाम गठबन्धनको तर्फबाट गणेश तिमिल्सिनाको एक्लो उम्मेदवारी परेको छ । उनी निर्विरोध अध्यक्ष चयन भएपनि औपचारि घोषणा भने बुधबार बस्ने राष्ट्रियसभा बैठकले गर्नेछ ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

काँग्रेसले राष्ट्रपतिमा भने उम्मेदवारी दिएको छ । मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र काँग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।