घोराही, २८ फागुन । दाङ जिल्लामा सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनको उदघाटन महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गर्ने भनिएपनि अन्तिममा आइर आयोजकले झुक्काएका छन् ।
अखिल क्रान्तिकारीको उदघाटछन विप्लवले गर्ने भनेर प्रचार प्रसार गरिएको थियो । तर, विप्लव आएनन् । सम्मेलनको उदघाटन पोलिट व्युरो सदस्य सन्तोष बुढा मगरले गरेका थिए ।
‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मूलनाराको साथ अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन ३ दिनसम्म चल्नेछ । सम्मेलनमा देशभरका ४ सय प्रतिनिधि पर्यवेक्षक सहभागी रहेको दाबी गरिएको छ ।












प्रतिक्रिया