सिन्धुली, २८ फागुन । सिन्धुलीमा जन्ती बोकेर हिँडेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा जन्ती बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना जन्ती घाइते भएका हुन् ।
मरिण गाँउपालिका–३ बाट सोमबार बिहान १ बजे इन्द्र माझीको बिहेको जन्ती बोकेर सुनसरी हिँडेको बा ३ ख ४८५७ नम्बरको बस कपिलाकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुलाहा इन्द्र माझी भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया