५ कार्तिक २०८३, बिहिबार

सिभिल बैंक लिमिटेडको लमजुङमा थप दुई शाखा सञ्चालनमा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बेलिना थापा

लमजुङ, फागुन २७ । सिभिल बैंक लिमिटेडले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउापालिका ६, गौंडामा शनिबार र ५७ औं शाखाको रुपमा क्व्होलासोंथर गााउपालिका २, मालिङमा आइतबार छुट्टाछुट्टै औपचारिक कार्यक्रमकाबीच नयाा शाखा संचालनमा ल्याएको हो ।

दुबै शाखाको नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । उनले स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बित्तीय पहुाच पुर्‍याउने नीतिअनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा बाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताए ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । ग्रामीण भेगका नागरिकको सेवाको लागि स्थानीय तहमा सिभिल बैंकले सेवाविस्तार गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । नेपाल राष्ट्र बैंकले हरेक महानगरपालिका/नगरपालिकार/गाउापालिकामा बित्तीय पहुाच पुर्‍याउने निती अनुरुप सिभिल बैंकले हालसम्म कुनैपनि बैंकको पहुाच नपुगेको ठाउाहरुमा शाखा बिस्तार गर्दै गरेको बताए ।

शाखा उद्घाटन कार्यक्रममा स्थानीयले पञ्चेबाजासहित स्वागत गर्दै स्थानीय स्तरमा सिभिल बैंकले शाखा सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका थिए । साथै आमा समूह, युवाक्लव, बाल समूहले साास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि मर्स्याङ्दी गाउापालिकामा भूलभुले शाखा, राइनास नगरपालिकामा राइनास शाखा संचालनमा ल्याई सकेको छ । सदरमुकाम बेंसीशहरमा पनि छिट्टै शाखा संचालनमा आउने बैंकले जनाएको छ ।

सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा रु २१ करोड ६५ लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ३१% को बृद्धि हो) खुद नाफा कमाउन सफल भएको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुलशाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।