५ कार्तिक २०८३, बिहिबार

४ बीमा योजना संचालनमा ल्याउँदै रिलासन्स इन्स्योरेन्स

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ फागुन । रिलाइन्स लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीले सुरुवातबाट ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको छ । निकट भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने जनाएको छ ।

२०७४ साल कार्तिक २६ गते बीमा समितिबाट संचालन अनुमति प्राप्त गरि यही मङ्सिर १ गतेबाट कृष्ण टावर, नयाँ बानेश्वर स्थित आफ्नो प्रधान कार्यालयबाट सेवा सुभारम्भ गरेको हो ।

सुरुवात देखिनै उच्चस्तरिय सेवा दिने उदेश्यले नेपाली बीमा बजारमा उपस्थित भएको कम्पनीले जनाएको छ । अहिले नेसुरुवात आयस्तर बढेको र नेपालीको कूल ग्राहस्थ उत्पादन पनि उच्च रहेकोले नँया बिमा कम्पनीको आगमनले व्यवसाय विस्तार गर्न मद्दत हुने कम्पनीका ताराचन्द केडियाले उल्लेख गरेका छन् ।

कम्पनीका अध्यक्ष ताराचन्द केडिया र संचालकमा पवन कुमार अग्रवाल, भरत कुमार तोडी, पवन कुमार अग्रवाल, र सुन्दर प्रसाद कँडेल रहेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रमण पराजुली रहेका छन् । उनले नबिल बैंक लि. को सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिग लि. सहित अन्य बैंकमा १५ वर्षको व्यवसायिक अनुभव रहेको छ ।

कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न नेपालभर शाखा तथा उप–शाखाहरm विस्तारलाई प्राथमिकतामा राखेसँगै पृथक किसिमको शाखाहरु खोल्ने सोचको नमुनाको रmपमा प्रथम शाखा पाटनमा स्थापना गरिएको छ । कम्पनीले चैत मसान्त भित्र १६ वटा शाखा विस्तार गर्ने र यस आर्थिक वर्षको अन्त्यसम्ममा नियमक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ ।