
काठमाडौं, २७ फागुन । शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेण्टिड लचकता सहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ । उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गर्दै आइरहेको छ ।
काठमाडौंको विभिन्न स्थानहरुमा टेक्निकल मिटको समापन गरिसकेको जगदम्वा स्टील्सले पुनः इटहरी र विराटनगरमा पनि एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धि आफ्नो टेक्निकल मिटको आयोजना ग¥यो । एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशत मात्र सम्मिश्रण गरिएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ ।
यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पिय जोखिम तथा सम्भावनायुक्त नेपालका लागि उपयुक्त रहेको छ । यसले भुकम्पिय जोखिमयुक्त स्थानमा भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ ।
राइनो ५००डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीका विक्रि केन्द्र मार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ ।
कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पुर्ण गर्न सघाउ मिल्छ । उपभोक्ताले कम्पनीको देशभर रहेका विक्रि केन्द्र मार्फत राइनो ५००डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरिद गर्न सक्छन् ।















प्रतिक्रिया