लहान, २७ फागुन । पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना ३ ख ५१४५ नंको ट्रकमा स ३ प ४८५० नंको मोटरसाइकल आइतबार बिहान ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मो.सादिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मो. सादिरकोे लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । –रासस












प्रतिक्रिया