२२ कार्तिक २०८३, आइतबार

माटोको ढिस्कोले पुरिएर स्काभेटर सह–चालकको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २७ फागुन । माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गए राति दशरथचन्द नगरपालिका–२ हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गरिरहेका बेला एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ । प्रतिघण्टाको हिसाबले पारिश्रमिक पाइने भएकाले राति पनि सडक निर्माणको काम गरेको हुनसक्ने प्रहरीले जनाएको छ । स्काभेटर प्यूठान झुमितका २९ वर्षीय डम्बर नगरकोटी स्काभेटर चलाइरहेका थिए । –रासस